दक्षिण कोरियामा कोभिडका संक्रमित घट्दै

लोकपथ
130
Shares

काठमाडौं । दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु घट्दै गएको बताइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने सङ्क्रमितको संख्यामा कमी आएको बताएका हुन् ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बिहीवार मात्र २४ घन्टामा ५०७ जना माात्र सङ्क्रमित भेटिएको जानकारी दिएका छन् । दक्षिण कोरियामा त्यसको अघिल्लो दिन अर्थात् बुधवार ५४० जना सङ्क्रमित भेटिएका थिए । त्यो भन्दा अघिल्लो दिन ५८० जना सङ्क्रमित भेटिएका थिए ।

यसअघिका हप्ताहरुका तुलनामा कोरियामा सङ्क्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । अहिले पनि सबैभन्दा बढी सङ्क्रमित राजधानी सोलमा देखिने गरेका छन् । गएको वर्षदेखि नै कोरियामा सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिएका हुन् ।

बिहीवार देखिएका सङ्क्रमितहरुमध्ये पनि सबैभन्दा धेरै राजधानी सोलमा १९७ जना देखिएका बताइएको छ । हालसम्म १ लाख ५० हजार जना भन्दा बढी संक्रमित देखिएका छन् । त्यसैगरी दक्षिण कोरियामा अहिलेसम्म करिब २ हजार जनाको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?