२०७८,श्रावण,११,सोमवार

संक्रमित बढेपछि अफगानिस्तानको राजधानी काबुलमा कोरोना अस्पताल स्थापना

२०७८,असार,४,शुक्रवार १८:३५


काबुल । अफगानिस्तानमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ । सङ्क्रमित बढेपछि राजधानी काबुलमा कोरोना अस्पताल स्थापना गरिएको बताइएको छ ।

अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएका छन् ।

यसै कारणले गर्दा अफगानिस्तानको राजधानी काबुलमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल खुलेको छ ।सो कुराको जानकारी अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले शुक्रवार दिएको हो ।

यसअघि पनि काबुलमा कोरोना भाइरसको मात्र उपचार गर्ने तीन वटा अस्पताल रहेकोमा यो समेत गरी कोरोनाका ४ वटा अस्पताल पुगेको पनि अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले जनाएको छ ।

शुक्रवार काबुलमा अफगान–इन्डोनेसिया अस्पतालको उद्घाटन भएको सो मन्त्रालयले जनाएको छ । उक्त अस्पताल ५० शैयाको रहेको छ । यो अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल भएको र कोभिडका गम्भीर प्रकृतिका विरामीहरुको उपचार गर्ने बताइएको छ ।

बिहीवार मात्र पनि अफगानिस्तानमा २४ घन्टाभित्र दुई हजार जना भन्दा बढी कोरोनाका सङ्क्रमित भेटिएका थिए । त्यसैगरी बिहीवार अफगानिस्तानमा १०१ जनाको कोरोना सङक्रमणबाट निधन भएको थियो । यहाँ अहिलेसम्म ९८ हजार जना भन्दा बढी संक्रमित भेटिएका बताइएको छ ।

साथै अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट अफगानिस्तानमा ३ हजार ९४३ जनाको ज्यान गएको यहाँको सरकारले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७८,असार,४,शुक्रवार १८:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चीन । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना

अफगानिस्तान । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका

काठमाडौं – भीषण वर्षासँगै आएको बाढी तथा डुबानका कारण भारतको गोवा र महाराष्ट्रमा जनजीवन प्रभावित छ। त्यहाँका ९० हजार भन्दा

काठमाडौं – अफगानिस्तानमा पछिल्लो समय तनाव उग्र बनेको छ । तालिवान आक्रमण नियन्त्रणका लागि ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४