शरद र प्रिथु सहित २० खेलाडी ‘क्यान’को बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ले २० खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाएको छ।

‘आईसीसी विश्व क्रिकेट लिग-२’ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबिया बिचको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

शुक्रवार एक प्रेस विज्ञप्ति निकाल्दै ‘क्यान’ले जुलाई महिनामा स्पेनमा आयोजना हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षण शुरु गर्न लागेको जानकारी दिएको हो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर पनि नेपाल फिर्ता आइसकेको हुँदा बन्द प्रशिक्षण आगामी सोमबारबाट शुरू हुने भएको छ।

 

लिग २ को प्रतियोगिता अन्तर्गत नेपालले ४ खेल खेलिसकेको छ। आफ्नो घरेलु मैदानमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दा ४ अंक बटुल्न सफल भएको हो।

नेपाल यस प्रतियोगिताको अंक तालिकामा ६औं स्थानमा रहँदा ओमान शीर्ष स्थानमा रहेको छ। ओमानले १० खेलमा १६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले १२ खेलमा १२ अंक जोडेको छ।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडी को नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?