नेपालमा कोरोना : घट्दै सक्रिय संक्रमित, आज थप २ हजार ७ सय ७८ जनामा संक्रमण

लोकपथ
195
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल

संक्रमितको संख्या ६ लाख ४२ हजार ८ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १३ हजार ३७ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणको कारण थप ४४ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ८ हजार ६ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कुल ५ लाख ४९ हजार ६ सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

पछिल्ला केहि दिनयता नेपालमा कोरोना संक्रमितको संख्यमा कमि आइरहेको छ । योसँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ५९ हजार ६ सय २४ रअ‍ेको मन्त्रालयले जनाएको छ ।

कोरोनाको हटस्पट बनिररहेको काठमाडौं उपत्यकामा समेत संक्रमितको संख्यामा कमि आएको छ ।

पछिल्लो २४ घण्टाामा काठमाडौं उपत्यकामा थप ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ५४ र ललितपुरमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?