पूर्व सांसद परियारको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुख व्यक्त

लोकपथ
117
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद कृष्णसिंह परियारको निधनप्रति दुख व्यक्त गरेका छन् ।

२०४८ सालमा बाँकेबाट निर्वाचित परियारको आज निधन भएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले परियारको निधनले पार्टीले एक असल नेता गुमाएको बताएका छन् । साथै मृत आत्माप्रति चीर शान्तिको कामना गर्दै परिवारमा संवेदना व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं २०४८ सालमा बाँकेबाट निर्वाचित सांसद कृष्णसिह परियारको निधनको खवरले निकै मर्माहित भएको छु। उहाँको निधनले पार्टीले एउटा असल नेता गुमाएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?