युरो कप २०२० : आज तीन खेल, छिमेकी राष्ट्र स्कटल्यान्डसँग भिड्दै इङ्ल्यान्ड

काठमाडौं । युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्।

समुह ‘ई’बाट दुई टोली र समुह ‘डी’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ बजेबाट शुरू हुँदैछ भने आजको तेस्रो खेल भने राति १२:४५ बजेबाट ‘किकअफ’ हुने तालिका रहेको छ।

आजका तीन खेल

१) स्वीडेनविरुद्ध स्लोभाकिया

समुह: ई
नेपाली समय: साँझ ६:४५
स्थान: सेन्ट पिटर्सबर्ग एरेना, रसिया
दर्शक: ३४,००० अपेक्षित
प्लेयर्स टू वाच: एमिल फोर्सबर्ग (स्विडेन), मारेक हामसिक (स्लोभाकिया)

२) क्रोएसियाविरुद्ध चेक गणतन्त्र

समुह: डी
नेपाली समय: बेलुकी ९:४५
स्थान: ह्यामडेन पार्क, ग्लासगो, स्कटल्यान्ड
दर्शक: १३,००० अपेक्षित
प्लेयर्स टू वाच: लुका मड्रिच (क्रोएसिया) , थोमस सुचेक (चेक गणतन्त्र)

 

३) इङ्ल्यान्डविरुद्ध स्कटल्यान्ड

समुह: डी
नेपाली समय: मध्यरात १२:४५
स्थान: वेम्बली मैदान, लन्डन
दर्शक: २२,५०० अपेक्षित
प्लेयर्स टू वाच: ह्यारी केन (इङ्ल्यान्ड), एन्डी रोबर्टसन (स्कटल्यान्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?