रेल्वे कटेजको निःशुल्क भोजन वितरण अभियान : १५ हजार बढी लाभान्वित

लोकपथ
156
Shares

काठमाडौं । रेल्वे कटेजले वैशाख २३ गतेबाट निःशुल्क भोजन अभियानमार्फत हालसम्म १५ हजारभन्दा बढीलाई निःशुल्क भोजन उपलब्ध गराइरहेको छ ।

विरगंजमा वैशाख २३ गतेबाट शुरु भएको भोजन वितरण अभियान ४४ दिनमा आईपुग्दा १५ हजार बढीले निःशुल्क भोजन गरेका अभियानका संरक्षक ओमप्रकाश सर्राफले जानकारी दिए ।

दैनिक ज्यालादारी गर्ने मजदूर, विपन्न, गरिब, अलपत्र परेका यात्रुलगायतका प्रभावितहरुको जनजीवन साम्य बनाउन निःशुल्क भोजन अभियान जारी राखिएको संरक्षक सर्राफले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?