आधिकारिकता दाबीका लागि जसपा उपेन्द्र-बाबुराम पक्ष निर्वाचन आयोगमा

लोकपथ
78
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुराम पक्ष आधिकारीता दाबीका लागि निर्वाचन आयोग पुगेका छन् ।

बिहीवार बसेको जसपा उपेन्द्र(बाबुराम पक्षको कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।

त्यसै अनुसार आज ३० जना केन्द्रीय कार्यकारिणी समितिको सदस्यहरु आयोग पुगेको जसपाका एक नेताले लोकपथलाई जानकारी दिए ।

जसपाभित्रको आन्तरिक विवादका कारण महन्थ पक्ष सरकारमा सामेल भएको छ । भने अर्को उपेन्द्र-बाबुराम प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा गएको छ । यसअघि दुवै पक्षले एक अर्कालाई कारवाही गरेको पत्र आयोगमा पठाएका थिए ।

आयोगले महन्थ पक्षसँग बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षरसहित बैठकको निर्णय माग गरेको थियो । तर महन्थ पक्षले आयोगमा नामावली बुझाउन आलटाल गरिरहेका बेला आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै पत्रलाई मान्यता दिएको थिएन । यता

महन्थ पक्ष अल्पमतमा परेपछि नयाँ २० केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गरि आयोगमा आधिकारिकता दर्ताका लागि गएको थियो ।
हाल कुल ५१ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ३० जना उपेन्द्र-बाबुराम पक्षसँग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?