२२ श्रावण २०७८, शुक्रवार

अफगान सेनाको कारवाहीमा १० तालिबानी लडाकूको मारिए

२०७८,असार,४,शुक्रवार १४:५८


काबुल । अफगान सेनाले गरेको कारवाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् ।

अफगान सेनाले कारवाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ । राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीवार बेलुका कारवाही गरिएको सेनाले जनाएको छ ।

सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुक प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ ।

गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएका थिए । तालिबान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैनन् ।

संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,असार,४,शुक्रवार १४:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसदसमक्ष शपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या,

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकैदिनमा २७४ तालिबान लडाकु मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को रिपोर्टले विश्वभर कोरोना भाइरसको संक्रमण बढेको देखाएको छ । गत सात दिनमा मात्रै विश्वभर

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८