२२ श्रावण २०७८, शुक्रवार

चीनमा ९७ करोडले लगाए कोभिड-१९ विरुद्धको खोप

२०७८,असार,४,शुक्रवार १४:४६


बेइजिङ । चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् ।

तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लगाएका छन् ।

पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको संयुक्तराज्य अमेरिकामा ३१ करोड २९ लाख डोज खोप लगाइएको छ । त्यसपछि तेस्रो स्थानमा रहेको भारतमा २५ करोड ८३ लाखले खोप लगाएका छन् ।

तर जनसंख्याका आधारमा इजरायलमा कूल जनसंख्याको ५९ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने बेलायतमा ४५ प्रतिशत, चिलीमा ४८ प्रतिशत, उरुग्वेमा ३७ प्रतिशत, बहराइनमा ५१ प्रतिशत, हंगेरीमा ४५ प्रतिशत, संयुक्तराज्य अमेरिकामा ४४ प्रतिशतले पूर्ण खोप पाएका छन् ।

तर कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा ३।५ प्रतिशतले पूर्ण तथा १२ प्रतिशतले आंशिक खोप लगाएको डब्लुएचओले जनाएको छ ।

प्रकाशित मिति: २०७८,असार,४,शुक्रवार १४:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसदसमक्ष शपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या,

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकैदिनमा २७४ तालिबान लडाकु मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को रिपोर्टले विश्वभर कोरोना भाइरसको संक्रमण बढेको देखाएको छ । गत सात दिनमा मात्रै विश्वभर

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८