बाढी पहिरो : मेलम्चीले स्थापना गर्‍यो ५० लाखको राहत कोष, सहयोग गर्न अपील

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि ५० लाख रुपैयाँको कोष सञ्चालन गरेको छ ।

नगरपालिकाले आज ‘‘मेलम्ची बाढी पीडित राहत तथा पुनःस्थापना कोष‘‘ स्थापना गरि जिल्लाका विभिन्न स्थानमा बाढी पीडितहरुलाई सहयोग गर्न लागेको हो ।

त्यस्तै नगरपालिकाले बाढी पीडित नागरिकहरुलाई सहयोग गर्न उक्त कोषमा सहयोग रकम उपलब्ध गराउन समेत आह्वान गरेको छ ।

त्यस्तै प्राप्त सहयोगलाई बाढी पीडित नागरिकहरुलाई पारदर्शी र निष्पक्ष ढंगबाट परिचालन गरि सार्वजनिक गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?