नेपाल पक्षको अनेरास्ववियू राहत सामाग्री लिएर सिन्धुपाल्चोक जाँदै

लोकपथ
56
Shares

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समूहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ ।

अनेरास्ववियू राहत सामाग्री लिएर शुक्रवार हेलम्बु प्रस्थान गरेको छ । मेडिकले टिम सहितको अनेरास्ववियूको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियूकि नेतृ आरती लामाले बताइन् ।

राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियूको टोलीलाई एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिएका छन् । उनले बेसाहारा र असहायलाई पहिलो महत्व दिन अनुरोध गरे । अनेरास्ववियुले जनताको पीडालाई आफ्नो पीडा ठानेर समस्या समाधानको निम्ति अग्रसरता लिएको मा धन्यवाद व्यक्त गरे ।

बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरीने अनेरास्ववियूले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?