सुनको मूल्य निरन्तर ओरालो : ९० हजार हाराहारीमा आइपुग्यो, आज कति घट्यो ?

काठमाडौं । नेपाली बजारमा केहिदिन यता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ ।

बिहीवार तोलामा एकैदिन १ हजार १ सयले गिरावट आएको सुन शुक्रवार १ हजार २ सयले घटेको छ ।

बिहीवार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो । भने आज सुनको मूल्य गिरावाट आई प्रतितोला ९० हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ३ सय कामय भइ कारोबार भइरहेको छ ।

बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्य ३५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ४० रहेको थियो । आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १ हजार ३ सय ५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?