गुजरातको साबरमती नदीमा भेटियो कोरोना

लोकपथ
385
Shares

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर बिस्तारै कम हुँदै गएको अध्ययनले देखाएको छ ।

कोरोना भाइरसको लहर सम्बन्धी दिन दिनै केही न केही खुलासा हुने गरेको छ । त्यस्तै भारतको गुजरातमा पनि यस्तै घटना सार्वजनिक भएको छ ।

गुजरातको अहमदाबादको बीचमा रहेको साबरमती नदीको पानीको स्यामपल निकालिएको थियो । पानीको स्याम्पलमा कोरोना संक्रमण रहेको रिपोर्टबाट खुलेको छ ।

साबरमती नदीमा मात्र नभइ कांकरिया र चंदोला लगाएतका खोलामा पनि कोरोना संक्रमण भेट्टिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?