नाडालले विम्बेलडन र टोक्यो ओलम्पिक नखेल्ने

लोकपथ संवाददाता
78
Shares
Spain’s Rafael Nadal returns against US player Sam Querrey during their men’s singles quarter-final match on day nine of the 2019 Wimbledon Championships at The All England Lawn Tennis Club in Wimbledon, southwest London, on July 10, 2019. (Photo by Ben STANSALL / AFP) / RESTRICTED TO EDITORIAL USE (Photo credit should read BEN STANSALL/AFP via Getty Images)

काठमाडौं । विश्व नम्बर ३ स्पेनिश टेनिस सुपरस्टार रफाएल नाडालले आउँदो ‘विम्बेलडन’ ग्रान्ड स्ल्याम र ‘टोक्यो ओलम्पिक’मा सहभागिता नजनाउने निर्णय गरेका छन्।

३५ वर्षीय नाडालले आफ्नो सामाजिक संजालको माध्यमबाट दुवै प्रतियोगितामा सहभागिता नजनाउने जानकारी दिएका हुन्। “यो सजिलो निर्णय होइन, तर सही निर्णय हो”, उनले भने।

उनले आफ्नो ट्विटर ह्यान्डलमा ट्वीट गर्दै भने, “म जे कुरामा रमाउँछु, त्यही कुरामा आफ्नो करियर लम्बाउने प्रयासले मैले आफ्नो शरीरको कुरा सुनेको हुँ”। गत साता मात्र सम्पन्न भएको फ्रेन्च ओपन २०२१ मा सर्वाधिक विजेता नाडाल सेमी फाइनल खेलमा विश्व नम्बर १ नोभाक जोकोभिचसँग पराजित भएका थिए।

दुई पटक ओलम्पिक विजेता नाडालले ‘बेइजिङ ओलम्पिक २००८’ पहिलो स्वर्ण प्राप्त गरेका थिए भने ‘रियो ओलम्पिक २०१६’ मा उनले ‘मेन्स डबल’मा मार्क लोपेजसँग आफ्नो दोस्रो स्वर्ण पदक जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?