२०७८,श्रावण,११,सोमवार

युरो कप खेल १८ : अस्ट्रियाविरुद्ध सहज जित दर्ता गर्दै नेदरल्यान्ड्स अन्तिम १६ मा

२०७८,असार,४,शुक्रवार ०७:५२


काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को खेलमा नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलले पराजित गरेको छ।

नेदरल्यान्ड्सको राजधानी आमस्टरड्याममा भएको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफको ११औं मिनेटमा अग्रता लिएको थियो। नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस डिपाएले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

त्यसपछि दोस्रो हाफको ६७औं मिनेटमा नेदरल्यान्ड्सले अग्रता दोब्बर बनायो। घरेलु टोलीका लागि ‘फूल ब्याक’ डे डमफ्राइजले यस प्रतियोगितामा आफ्नो दोस्रो गोल गर्दै नेदरल्यान्डसको अग्रता दोब्बर बनाए।

अस्ट्रियाले खेलमा कुनै गोल गर्न नसक्दा नेदरल्यान्ड्सले दुई खेलमा दुई जित निकालेको हो। यस जितसँगै नेदरल्यान्डस् युरो कप २०२० को अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

प्रकाशित मिति: २०७८,असार,४,शुक्रवार ०७:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको

काठमाडौं । नेपाललाई १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव आएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले औपचारिक रुपमा राजीनामा नगरेको

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकबाट

ताजा समाचार