२२ श्रावण २०७८, शुक्रवार

जलविद्युत् क्षेत्रका कमजोरी सुधार गर्न तयार छौँ : इपान

२०७८,असार,३,बिहीवार २२:०९


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोवारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । इपानले आज एक विज्ञप्तिमार्फत जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिशेयर मूल्य आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताउनुभयो । बोर्डले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २० वटा जलविद्युत् कम्पनी थिए ।

जलविद्युत क्षेत्रमा गलत भएका कुनै पनि विषयलाई सुधार गरेर जान इपान बोर्डलाई सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ । उता बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले पनि नियामक निकायले कारवाही गर्ने विषयलाई नजरअन्दाज गरी शेयरमा लगानी गर्नु जोखिम रहेको भनी सार्वजनिक गरेकामा ध्यानकर्षण भएको जनाएको छ । सो संस्थाका प्रवक्ता भोजबहादुर शाहले जारी गर्नुभएको विज्ञप्तिमा संस्थागत पहिचान र प्रतिष्ठामा आँच नपुग्ने र लगानीकताृमा मनोवैज्ञानिक त्रास नहुने गरी बोर्डले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति: २०७८,असार,३,बिहीवार २२:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा २४१ सञ्चयकर्तालाई झण्डै ३५ करोड ८० लाख रुपैयाँ

काठमाडौं । कारोबारको अन्तिम दिन सेयरबजार परिसूचक नेप्सेमा १६ अंकले घटको छ । बुधबार १२.०५ अंकले बढेर ३१ सय २३.१४

ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोडबराबरको आठ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका

काठमाडौं । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । बुधबार सुनको मूल्य ९२ हजार कायम भइ कारोबार

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८
यसरी जिरा खाँदा शरीरको बोसो चाडै घट्छ
 २०७८,श्रावण,२२,शुक्रवार ०६:०८