सुदुरपश्चिममा कोरोना संक्रमणबाट निको हुनेको दर बढ्यो

RSS
117
Shares

दीपायल । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसकोे सङ्क्रमणबाट निको हुने दर ७८ प्रतिशत पुगेको छ । गत जेठ ९ गतेसम्म निको हुने दर झण्डै ५५ प्रतिशत मात्र थियो ।स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये आजसम्म ४३ हजार ८८जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या कूल जनसङ्ख्याको एक दशमलब ६८ प्रतिशत हो । हालसम्म कूल जनसङ्ख्याको नौ दशमलब ८८ प्रतिशत अर्थात दुई लाख ५२ हजार ३८५जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । सङ्क्रमित हुने मध्ये अहिले सम्म एक दशमलब ३० प्रतिशत अर्थात ५६२जनाको मृत्यु भएको छ । सङ्क्रमण भएर पनि स्वास्थ्य अवस्था सामान्य भएका सङ्क्रमितहरु अझैँ पनि संस्थागत आइसोलेशन र होम आइसोलेशनमा नै बसेर उपचाररत रहेका छन् । कोरोना भाइरससँग मिल्दो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनमा उपचाररत रहेका छन्।

कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण र मृत्यु हुने दर ह्वात्तै बढेको थियो । यसै बीच पछिल्लो २४घण्टामा प्रदेशको बझाङ जिल्लाका एक जना सङ्क्रमितको मृत्यु भएको छ । यो अवधिमा एक हजार ९५को नमूना परीक्षण गरिँदा ६४जनामा सङ्क्रमण भएको पाइएको छ भने ९३जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन् । यसै गरी यो अवधिमा विभिन्न अस्पतालका कोभिड वार्डमा थप १५,आइसियुमा नौ जना र भेन्टिलेटरमा तीन जना भर्ना भएका उपचारत् छन् प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालको रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा मृत्यु दर शून्य छ । यो अवधिमा अस्पतालमा नौ जना भर्ना हुँदा दुई जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?