युरो कप खेल १६: युक्रेनले जित्यो खेल, नर्थ म्यासेडोनियाले जित्यो मन

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘सी’को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ गोलले पराजित गरेको छ।

रोमानियाको ‘बुकारेस्ट’मा सम्पन्न आजको पहिलो खेलमा युक्रेनले अग्रता लिएको थियो। पहिलो हाफको २९औं मिनेटमा युक्रेनले आफ्नो स्टार खेलाडी आन्द्री यारमोलेनकोको गोलमार्फत खेलमा अग्रता लिएको थियो।

 

त्यसको ५ मिनेट पश्चात् युक्रेनले आफ्नो अग्रता दोब्बर बनायो। आन्द्री यारमोलेनकोको असिस्टमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर बनाए। पहिलो हाफको खेल सकिँदा युक्रेनले खेलमा राम्रो पकड़ बनाएको थियो।

दोस्रो हाफमा नर्थ म्यासेडोनियाले राम्रो फुटबलको नमुना पस्कियो। आफ्नो पहिलो प्रमुख प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनियाको टोलीले ५७औं मिनेटमा गोल फर्कायो। एजग्जान आलियोस्कीले गोल गर्दै नर्थ म्यासेडोनियालाई खेलमा फर्काए। त्यसपछि नर्थ म्यासेडोनियाले युक्रेनलाई खेलमा राम्रो टक्कर दियो।

८४औं मिनेटमा युक्रेनले पेनाल्टी पाउँदा नर्थ म्यासेडोनियाका गोलरक्षक दिमित्रीयेभसकीले सो पेनाल्टीलाई उत्कृष्ट ढंगले बचाउ गरे। यद्यपि धेरै मेनेहत गर्दा पनि म्यासेडोनियाले खेलमा पराजय भोग्यो।

उता प्रतियोगितामा पहिलो जित निकालेको युक्रेनको दुई खेलमा ३ अंक रहेको छ भने नर्थ म्यासेडोनिया अहिलेसम्म अंक विहिन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?