हेर्नुहोस् आजको राशिफल

लोकपथ
247
Shares

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरीएको मेहनेतबाट भनेजस्तो प्राप्ताङक हात पार्न सकिनेछ । राम्रोसँग मेहनेत गर्नेहरुका लागी समय फलदायी रहनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरु दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतीमा मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिन सकिने तथा यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर काम गर्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्ययम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने स्वदेशी व्यापारमा मन्दी आउनेछ । पढाइ लेखाइमा मन नजादा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी वढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दी आएपनि दैनिकी प्रभावित हुनेछैन ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूती हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?