पारसका साथी किन परे पक्राउ ?

काठमाडौ, २१ असोज–पूर्व यूवराज पारस शाहका कुनै बेलाका निकटस्थ साथी यतिबेला प्रहरी हिरासतमा रहेका छन् । ति व्यक्ति हुन् दमन बस्नेत । उनी अवैध बिट क्वाइन कारोबारमा संलग्न रहेको आरोपमा सिआईबीमार्फत पक्राउ गरेका हुन् ।बस्नेत हाल एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य र सामाजिक संस्था क्लब फिप्टीमा अध्यक्ष समेत हुन् । प्रहरीले उनीसहित अरु ६ जनालाई समेत पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा बस्नेतसहित सिन्धुलीका ज्ञानप्रसाद पौडेल अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह , नुवाकोटका बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ र रुपन्देही मनीषकुमार गिरी रहेका छन् । इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेच विट क्वाइन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?