काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुराम पक्षको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न ६ वटा निर्णयहरु गरेको छ ।
आजको बैठकले पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोग जानेदेखि लिएर विपद् व्यवस्थापनामा पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको जसपा महासचिव गंगानारायण यादवले लोकपथलाई जानकारी दिए ।
यी हुन् ६ निर्णयहरु
बहुमत सदस्यहरुको हस्ताक्षरसहित आधिकारिकता पेश गर्न निर्वाचन आयोग जाने
लुम्बिनी प्रदेश सरकारमा सामेल भएका ४ सांसदहरुलाई स्पष्टीकरण सोध्ने
सरकारले चुरे क्षेत्रको ढुंगा गिट्टी बालुवा लगायत वस्तुहरु भारत निकासीको लागि गरेको निर्णयको बारेमा अध्ययन गर्ने गर्नका लागि समिति बनाउने
बाढी पहिरोबाट देशभर प्रभावित भएको क्षतिलाई क मगर्न पार्टी पंक्तिलाई परिचालन गर्ने
विभिन्न स्थानीय तहमा जसपाबाट चुनाव जितेर हाल पार्टी छोडेर बाहिर गएकाहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउने
पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको आन्तरिक कार्य विभाजनको निम्ति कार्यदल निर्माण गर्ने
आजको बैठकमा कुल ५१ जना मध्ये ३० जना कार्यकारिणी समितिको बैठक बसेको महासचिव चौधरीले जानकारी दिए ।
त्यसैगरी ओली नेतृत्वको सरकारमा सामेल भएका ९ सांसदहरुलाई यसअघि नै स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआएमा स्वत पार्टीबाट निष्काशित हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया