सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ- ‘प्रधानमन्त्रीमा दुवै माननीयको दाबी नपुगेर नियुक्त गरिएन’ (पूर्णपाठ)

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले माग गरेको लिखित जवाफ पेश गरेको छ ।

बिहीवार (आज) राष्ट्रपति कार्यालयले महान्यायाधीवक्ताको कार्यालयमार्फत् सर्वोच्चमा जवाफ पेश गरेको हो ।

प्रधानमन्त्रीको लागि दाबी गर्ने दुवै शेरबहादुर देउवा र केपी शर्मा ओली पक्षका सांसदहरुको दोहोरिएको, दलको निर्णय विपरित रहेको जवाफ पेश गरिएको छ ।

‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थन कर्ता भनिएका सदस्यहरु एक अर्कोको दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको समेत देखिएको हुनाले दुवै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिमका प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले दावीकर्ता दुबै माननीय सदस्यहरुको दावी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्त गर्न मिल्ने देखिएन् ।’ राष्ट्रपति कार्यालयद्वारा बुझाइएको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?