नेपालमा कोरोना : कुल संक्रमितको संख्या ६ लाख ४० हजार नाघ्यो, आजै २ हजार ६ सय ७ जनामा संक्रमण

लोकपथ
245
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर कुल १२ हजार ४ सय ४८ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६८ जनाको पीसीआर पोजेटिभ र ८ सय ३९ जनामाा एन्टिजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या ६ लाख ४० हजार ४ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल मृतक संख्या ८ हजार ५ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप ३९ जनाको मृत्यु भएको हो ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४१३ जना, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?