कोरोनाका कारण नेपालमा थप ३९ जनाले गुमाए ज्यान

लोकपथ
238
Shares

काठमाडौं । कोरोनाका कारण नेपालमा थप ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार जम्मा १२ हजार ४ सय ८४ जनामा गरिएको परीक्षणमा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?