२२ श्रावण २०७८, शुक्रवार

लिच्ची खानुका १३ फाईदा : वजन घटाउनेदेखि मुटु स्वस्थ राख्नेसम्म

२०७८,असार,४,शुक्रवार ११:४१


काठमाडौं – कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी प्रशस्त पाईने फल हो, लिच्ची । यसमा पोटेशियम, क्याल्सियम, म्याग्नेशियम, फास्फोरस र फलाम जस्ता खनिजहरू पदार्थ पनि पाईन्छ ।

LICH KING 134,217,138 DAMAGE !!! - General Discussion - Hearthstone General - HearthPwn Forums - HearthPwn

-दैनिक लिच्ची खाने गर्नाले अनुहारमा चमक आउँछ ।

-शारीरिक विकासमा समेत टेवा पुग्छ ।

-बीटा क्यारोटीन र ओलिगोनोलको धनी लिचीले मुटुलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ। रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

-लिच्चीले क्यान्सर कोषहरूको वृद्धि लाई रोक्न मदत गर्छ ।

-यदि तपाईंलाई चिसो लागेको छ भने लिच्चीको सेवनले तुरून्त फाइदा पुर्‍याउँछ।

-दम रोक्नको लागि पनि लिच्चीको प्रयोग गरिन्छ।

-कब्जीयतबाट राहत पाउन पनि यसको प्रयोग गरिन्छ। पाचन प्रक्रियाको लागि पनि लिच्ची लाभदायक मानिन्छ ।

-मोटोपना घटाउने लागि लाभदायक मानिने लिच्चीले शरीरको प्रतिरक्षा प्रणाली बढाउन पनि काम गर्दछ ।

-यौन जीवन राम्रो बनाउन लिच्ची खानु लाभदायक हुन्छ।

-घामको कारणले डढेको छाला वा सनबर्नका कारण शरीरमा भएका रातो धब्बाहरु लिच्चीको रस लगाएमा हराउँछ ।

-लिच्चीको रस कपालमा प्रयोग गर्दा कपाल छिटो बढ्छ । प्राकृतिक रुपमा चम्कीलो हुन्छ ।

-लिच्चीमा रहेको एन्टिआक्सीडन्ट कार्डियोवास्कुलर गुणले मुटुलाई बलियो बनाउँछ।

-बालबालिकालाई नियमित, सिजनमा पाइएको बेला शुरूदेखि नियमित रूपमा लिच्ची खुवाएमा उनीहरुको आँखा खराब हुँदैन।

तर यो धेरै खानु हानिकारक हुनसक्छ।

-मधुमेह बिरामीहरूले लिच्ची सेवन गर्दा विचार पुर्याउनुपर्छ ।

-धेरै लिच्ची खाँदा घाँटी दुख्ने, ज्वरो आउने र नाकबाट रगत बग्न समस्या हुनसक्छ ।

-यसको अत्याधिक सेवनले शरीरमा हर्मोनहरूलाई अवरोध पुर्‍याउन सक्छ।

-गर्भवती र स्तनपान गराउने महिलाहरूले लिच्ची नखानु श्रेयकर हुन्छ ।

प्रकाशित मिति: २०७८,असार,४,शुक्रवार ११:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग एकदिवसीय खेल खेल्ने पक्का भएको छ। आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट

लकडाउन, कोरोना सङ्क्रमण आदिले मर्निङ वाक देखि एक्सरसाइज गर्न नपाएको कारण पक्कै पनि तपाईँहरूलाई आफ्नो तौल बढेको महसुस भइरहेको होला

काठमाडौं । स्पेनिश क्लब बार्सिलोना र कप्तान लियोनल मेस्सीबीच सम्झौता नवीकरणको प्रयास असफल भएसँगै मेस्सीले क्लब छाड्ने पक्का भएको छ।

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशनको विकल्प ल्याएका छन् ।

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८