काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।
आज नेता नेपालसहित १४ स्थायी कमिटी सदस्यहरुले खनालको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले खनालको स्वास्थ्य लाभको कामनासहित प्राकृतिक प्रकोप न्यूनिकरणमा लाग्न सरकारलाई आग्रह समेत गरेका छन् ।
खनाललाई स्वास्थ्य लाभको कामना गर्नेहरुमा नेता नेपालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा. भीम रावल, धनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल र दुई पदेन सदस्यहरु अमृत कुमार बोहरा र प्रमेश हमाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया