शेयर बजारमा ओरालो यात्रा जारी : कारोबार रकम उच्च अंकले घट्यो

काठमाडौं । बिहीवार शेयर बजारमा सामान्य गिरावट आएको छ ।

मंगलवार धितोपत्र बोर्डले लगानी जोखिमा भएका विभिन्न ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि बजार ओरालो लाग्न थालेको हो ।

आज शेयर बजार १.२९ अंकले घटेर २,९६८.४३ अंकमा पुगेर रोकिएको छ ।

आज कारोबार रकम घटेर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९ सय ३५ रुपैयाँमा झरेको छ ।

त्यस्तै, आज २ करोड ३ लाख ६५ हजार ६ सय ९९ कित्ता शेयरको किनबेच भएको छ ।

आज विभिन्न २२३ कम्पनीको कारोबार भयो । त्यस्तै,,आज १ लाख २४ हजार पटक शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?