युरो कप २०२० : आज तीन खेल, एरिक्सन बिना नै डेनमार्कको टोलीले बेल्जियमको सामना गर्ने

काठमाडौं। युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्।

समुह ‘बी’बाट दुई टोली र समुह ‘सी’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ बजेबाट शुरू हुँदैछ भने आजको तेस्रो खेल भने राति १२:४५ बजेबाट ‘किकअफ’ हुने तालिका रहेको छ।

आजका तीन खेल

१) युक्रेनविरुद्ध नर्थ म्यासेडोनिया

समुह: सी
नेपाली समय: साँझ ६:४५
स्थान: नेशनल एरिना, बुकारेस्ट, हंगेरी
दर्शक: १३,००० अपेक्षित
प्लेयर्स टू वाच: ओलेकजेन्डर जिन्चेनको (युक्रेन), गोरान पाण्डेभ (नर्थ म्यासेडोनिया)

 

२) डेनमार्कविरुद्ध बेल्जियम

समुह: बी
नेपाली समय: बेलुकी ९:४५
स्थान: टेलिया पार्क, कोपनहेगन, डेनमार्क
दर्शक: ११,०००-१२,००० अपेक्षित
प्लेयर्स टू वाच: कास्पर स्माइकल (डेनमार्क), रोमेलु लुकाकु (बेल्जियम)

 

३) नेदरल्याण्ड्सविरुद्ध अस्ट्रिया

समुह: सी
नेपाली समय: मध्यरात १२:४५
स्थान: योहान क्राइफ एरेना, आम्स्टर्डाम
दर्शक: १२,००० अपेक्षित
प्लेयर्स टू वाच: मेम्फिस डिपाय (नेदरल्याण्ड्स), डाविड अलाबा (अस्ट्रिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?