१२ जेष्ठ २०७९, बिहीवार

पारसका साथी किन परे पक्राउ ?

२०७४,आश्विन,२१,शनिवार ११:४६

0
Shares

काठमाडौ, २१ असोज–पूर्व यूराजा पारस शाहका कुनै बेलाका निकटस्थ साथी यतिबेला प्रहरी हिरासतमा रहेका छन् । ति व्यक्ति हुन् दमन बस्नेत । उनी अवैध बिट क्वाइन कारोबारमा संलग्न रहेको आरोपमा सिआईबीमार्फत पक्राउ गरेका हुन् ।बस्नेत हाल एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य र सामाजिक संस्था क्लब फिप्टीमा अध्यक्ष समेत हुन् । प्रहरीले उनीसहित अरु ६ जनालाई समेत पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा बस्नेतसहित सिन्धुलीका ज्ञानप्रसाद पौडेल अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह , नुवाकोटका बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ र रुपन्देही मनीषकुमार गिरी रहेका छन् । इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेच विट क्वाइन हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ११:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित अन्यायमा परेको देखिने आधार रहेमा हदम्यादकै कारण न्यायबाट वञ्चित गरिनु अन्यायपूर्ण हुने

ताजा समाचार

सेयर बजारमा सामान्य वृद्धि
 २०७९,जेष्ठ,१२,बिहीवार १७:३२