काठमाडौं । कैलालीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।
आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लम्की चुहा नगरपालिका-२ बघनिया बस्ने उनकै ५१ वर्षीय पुरुषलाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।
ती बालिका आफ्नै घरमा गत जेठ २७ गते दिउँसो मृत अवस्थामा फेला परेको घटनाको ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा मृतकको बुबाले आफ्नै भैसी गोठमा लगि जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमा नै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया