काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न आग्रह गरेका छन् ।
बिहीवार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै पूर्वराजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गरेका हुन् ।
उनले ट्वीटरमा भनेका छन् ‘अहिले प्राकृतिक विपत्ति आईपरेको छ। धेरै जिल्लाहररूमा धनजनको क्षतिको दुःखद खबर सुन्दा हामी दुखित छौं। यसबेला सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण तर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ। अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस्।’
लगातार परेको वर्षासँगै देशका विभिन्न नदीमा आएको बाढी तथा गएको पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ्ग, पाल्पा बागलुङसहितका जिल्ला बढि प्रभावित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया