काठमाडौं । १८ देखि ५० वर्ष उमेरका महिलालाई रक्सी पिउन प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरिएको छ । विश्व स्वास्थ्य संगठनको मस्यौदा विश्वव्यापी अल्कोहल कार्ययोजना २०२२–२०३० मा १८ देखि ५० वर्ष उमेरका महिलालाई रक्सी पिउन प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरिएको हो ।
गर्भवती महिलाले रक्सी पिउँदा भ्रूणको राम्रो विकास हुन नपाउने र गर्भ खेर जाने सम्भावना बढ्ने विभिन्न अध्ययनले देखाएपछि संगठनले सो प्रस्ताव अगाडी सारेको हो ।
उक्त उमेरका महिलाहरुले गर्भवती हुँदा रक्सी पिए बच्चालाई हानि गर्ने संगठनले दाबी गरेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया