आजको बजार : सुनको मूल्य ११ सयले गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार १ सय रहेको थियो । आज सुनको मूल्य तोलामा १ हजार १ सयले कमि आइ प्रतितोला छापावाला सुन ९२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

बुधवारको तुलनामा बिहीवार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ६० रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ३ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?