बाढी पहिरो : कुन-कुन जिल्लामा छ उच्च जोखिम ? (सूचनासहित)

लोकपथ
266
Shares

काठमाडौं । नेपालमा मनसुन शुरु भएसँगै देशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोको कारण ठूलो जनधनको क्षति भएको छ।

जल तथा मौसम विज्ञान विभागले वर्षा भइरहेकाले देशका विभिन्‍न नदीमा बाढी आउन सक्ने भन्दै त्यसबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज विभागले एक बुलेटिन जारी गर्दै देशभरका विभिन्न नदी तथा खोलाहरुमा आउनसक्ने बाढीको पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागका अनुसार कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सहत बढ्ने बताइएको छ । जसको कारण यी नदीका तल्लो तटीय क्षेत्रका मानिसहरुलाई सतर्कता अपनाउन आग्रह विभागले गरेको छ। त्यसैगरी कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केहि स–साना सहायक नदीमा समेत बाढी आउन सक्ने पूर्वानुमान महाशाखाको रहेको छ ।

मंगलवारदेखि अविरल परेको वर्षाको कारण बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोले जनधनको क्षति पर्‍याएको छ ।

त्यसैगरी हाल बागमती प्रदेशको नुवाकोट, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, चितवन लगायतका जिल्लामा पनि सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । यस्तै महाकाली नदीले गर्दा कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा असर पर्ने सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?