जसपा उपेन्द्र-बाबुराम पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

लोकपथ
119
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र-बाबुराम पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

आजको बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने साथै पार्टी भित्रको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ ।

आजको बैठकमा जसपाको सबै कार्यकारिणी समितिका पदाधिकारीहरूलाई सहभागी हुन भनिए पनि यो बैठकमा जसपाको महन्थ(राजेन्द्र समूह भने सहभागी नहुने स्रोतको दाबी छ ।

जसपाभित्रको आन्तरिक विवादका कारण महन्थ पक्ष सरकारमा सामेल भएको छ । भने उपेन्द्र-बाबुराम पक्ष भने त्यसको विरोधमा रहेको छ । दुवै पक्षले एक अर्को पक्षलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि दुवै पक्षको पत्रलाई आयोगले मान्यता दिएको छैन । जसलाई महन्थ पक्षले मौन समर्थन गरेको छ । भने उपेन्द्र पक्षले त्यसको विरोध गरेको छ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान साढे ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?