२२ श्रावण २०७८, शुक्रवार

कोरोनाको तेस्रो लहर : बालबालिकाको लागि कति जोखिम ? (भिडियोवार्ता )

२०७८,असार,४,शुक्रवार ०९:३०


काठमाडौं – एकातिर कोरोना कहर, अर्कोतिर बाढीपहिरो बितण्डा । यतिबेला देश दुखेको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर र यसको क्षति क्रमिक रुपमा घटिरहेको सन्दर्भमा फेरि कोरोनाको तेस्रो लहर र यसले खोप नलगाएका र बालबालिकामा पुर्याउने क्षतिका विषयमा पनि चर्चा भइरहेको छ । पहिलो लहरभन्दा निकै घातक बनेर नेपालभर फैलिएको कोरोनाको दोस्रो लहरले सिंगो देश हायलकायल अवस्थामा पुग्यो । क्रमिक रुपमा घटेको संक्रमण र मृत्युदरका कारण सरकारले जारी गरेको निषेधाज्ञालाई केहि खुकुलो बनाएको छ । पूर्ण रुपमा यो भाइरस नियन्त्रण नहुँदै फेरि तेस्रो लहरको जोखिमबारे विज्ञले जानकारी गराइरहेका छन् । आम मानिसमा कोरोना भाइरसको उत्परिवर्तनका साथ विकसित भएर अझ बढी घातक भएर झनै अप्ठेरो स्थिती ल्याउने हो कि भन्ने भन्ने आशंका बलियो भएको छ ।  त्यसो त स्वास्थ्य क्षेत्रका विज्ञले बारम्बार महामारी वास्तवमै चरणवद्ध रूपमा आउने र प्रत्येक लहरमा अत्याधिक संक्रमण फैलने खतरा रहने बताइरहेका छन् ।

यसै सन्दर्भमा कोरोनाको तेस्रो लहरको नेपालमा संभावना कति ? बालबालिकामा कोरोना संक्रमणको अवस्था, उमेर समूह अनुसारको संक्रमणदर, तेस्रो लहरको खतरा, बालबालिकालाई लगाउने कोरोनाको खोप, संक्रमित हुँदा जोगिने उपाय, संक्रमणपश्चात् ध्यान दिनुपर्ने कुरा, अभिभावकको भूमिका लगायतको विषयमा केन्द्रित भएर लोकपथ टिभीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलसँग कुराकानी गरेको छ । प्रस्तुत छ डाक्टर पौडेलसँगको कुराकानी :

प्रकाशित मिति: २०७८,असार,४,शुक्रवार ०९:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग एकदिवसीय खेल खेल्ने पक्का भएको छ। आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट

काठमाडौं । स्पेनिश क्लब बार्सिलोना र कप्तान लियोनल मेस्सीबीच सम्झौता नवीकरणको प्रयास असफल भएसँगै मेस्सीले क्लब छाड्ने पक्का भएको छ।

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशनको विकल्प ल्याएका छन् ।

काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदामध्येका एक चाँगुनारायण मन्दिर, भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । नेपालको प्रसिद्ध तीर्थस्थल मानिने यो मन्दिर

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८