काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण करिब ९०० जना बासिन्दा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बुधवार साँझ विज्ञप्ती जारी गर्दै बाढीका कारण मेलम्ची नगरपालिकाका अन्दाजी ६०० जना र हेलम्बु गाउँपालिकाका अन्दाजी ३०० जना बासिन्दा प्रभावित भएको जानकारी दिएको हो ।
बाढीका कारण एकजनाको मृत्यु भएको र मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ भने अझै २० जना सम्पर्कमा नआएकाले उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बाढीमा परी ५ घाइते भएकोमा एकजना चिनियाँ नागरिक उपचारपश्चात् फिर्ता भइसकेका र हालसम्म ७४ जनाको उद्दार गरिएको प्रशासनले उल्लेख गरेको छ । ५ वटा झोलुङ्ले पुल, ४ वटा पक्कीपुल र ७ वटा ट्राउट माछा फर्ममा पनि क्षति पुगेको जनाइएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको प्रेस विज्ञप्ती :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया