युरो कप खेल १३ : घरेलु दर्शकबिच रसियाको पहिलो जित

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत समूह ‘बी’को खेलमा रसियाले फिनल्याण्डलाई १-० गोलले पराजित गरेको छ।

रसियाको घरेलु मैदान ‘सेन्ट पिटर्सवर्ग एरेना’मा भर्खरै सम्पन्न खेलमा रसियाले यस प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गर्न सफल भएको हो। २७,५०० दर्शकमाझ रसियाले पहिलो हाफको अतिरिक्त समयमा अग्रता लिएको थियो।

कप्तान अर्तिम जाइउवाको पासमा एलेक्सी मिराञ्चुकले गोल गर्दा रसियाले खेलमा अग्रता लिएको थियो। खेलमा अरु कुनै पनि गोल हुन नसक्दा रसियाले महत्वपूर्ण ३ अंक बटुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?