लायन्स क्लब अफ काठमाण्डुका विभिन्न शाखाद्वारा बालसेवा गृहलाई खाद्यन्न सहयोग

लोकपथ
189
Shares

काठमाडौं । लायन्स क्लब अफ काठमाण्डुका विभिन्न शाखाले बालसेवा गृहलाई खाद्यन्न सहयोग गरेको छ ।

मंगलवार लायन्स क्लब अफ काठमाण्डु न्यु गौतम बुद्ध, लायन्स क्लब अफ काठमाण्डु युनाइटेड सगरमाथा र लायन्स क्लब अफ काठमाण्डु जयन्तीपुर कल्पेश्वरले भैँसेपाटीमा रहेको बालसेवा गृहलाई खाद्यन्न सहित मास्क सेनिटाइजर लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

आज एक कार्यक्रमकाबीच चामल, चिउरासहित मास्क र सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको न्यु गौतम बुद्धका अध्यक्ष ज्ञानहरी ढकालले जानकारी दिए ।

यसअघि लायन्सका विभिन्न शाखाहरुले सहयोग उपलब्ध गराउँदै आइरहेको छ । साथै आगामी दिनहरुमा पनि आफूहरुले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?