डेढ महिनापछि सल्यान अस्पतालका सबै सेवा नियमित

RSS
91
Shares

सल्यान । सल्यान अस्पतालमा डेढ महिनापछि सम्पूर्ण सेवा सञ्चालनमा आएका छन् । कारोना संक्रमणका कारण बन्द रहेका अन्य सेवाहरु आजदेखि पुन सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण फैलिएपछि अस्पतालले आकास्मिक बाहेकका सबै सेवाबन्द गरेको थियो । अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि आकास्मिक कक्षसमेत कोरोना संक्रमितको उपचारका लागि प्रयोग भएको थियो ।

हाल जिल्लामा संक्रमणदर घट्नाका साथै उपचारका लागि आउने बिरामीको चाप समेत घटेपछि अस्पतालका सेवाहरु सुचारु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणका कारण गत दुई महिनाको अवधिमा ४९ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणलाई जितेर २ हजार ३ सय १९ जना घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लमा ३ सय ५८ जना सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?