हेर्नुहोस् आजको राशिफल

लोकपथ
143
Shares

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेकोछ । व्यापारमा लगानी गर्नको लागी केही समय धैर्यधारण गर्नुहोला । नचाहादा नचाहादै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ । तरपनी कृषि,पशुपालन तथा पुर्खौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काम गर्दा ध्यान दिनुहोला एउटै कामलाई दोहोर्याउर गर्नुपर्ने अवस्था आउन सक्छ । आर्थिक क्रिर्याकलाप तथा व्यापारमा मन्दी आउन सक्छ । बन्धुबान्धव तथा दाजुभाईसँग बिवाद हुनेछ । उत्पादनमूखि व्यावसाय तथा मेसिनरी सामानको व्यापारमा कमी आउनेछ । विवाद तथा हुलमुलमा सामेल नहुनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । बुद्धि तथा बाणिको माध्यमले धेरैको मन आफुतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेकोछ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी ईज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । टेक्निकल सामान तथा नयाँ प्रबिधिको प्रयोग गरी आम्दानीमा बृद्धि गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अली वढी मेहनेतको खाचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेकोछ । तरपनि विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय फलदायी रहनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीतिज्ञको लागी समय मध्ययम रहेकोछ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाइ लेखाइमा समय दिएपनि नतीजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । अप्ठ्यारा परिस्थितीसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानी वढाउदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरुको सेवा गर्ने अवसर जुर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । साझको समय मध्ययम रहेकोले आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुनेछ भने न्यायिक निर्णयहरु तपाईँको पक्षका नहुँन सक्छन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना रोग पुनह बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । बिद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिस्पर्धी हरु नै हावी हुनेछन् । अदालती निर्णयहरु तपाईँको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागी टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?