धितोपत्र बोर्डको निर्णयले शेयर बजारमा पहिरो : ५२.४१ अंकको गिरावट

लोकपथ
169
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा चलखेल गरेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि शेयर बजारमा पहिरो गएको छ ।

बोर्डले मंगलवार शेयर बजारमा चलखेल गरेको भन्दै विभिन्न ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको बताएको भोलिपल्टै शेयर बजारमा पहिरो गएको हो ।

त्यस लगत्तै आज बुधवार भएको कारोबारमा उच्च अंकले गिरावट आएको हो । आज बजारमा ५२.४१ अंकको गिरावट आई २९६९.६९ अंकमा कारोबार रोकिएको छ । आज शेयर बजारमा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपैँया बराबरको कारोबार भएको छ ।

आज २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर किनबेच भएको छ । आज १ लाख ६७ हजार ९ सय ३८ वटा कारोबार भएका छन् । आज लघुवित्त वित्तिीय कम्पनीको बाहेक अरु सबै समूहको कारोबार घटेको छ ।

बोर्डले जोखिमयुक्त भनेका कुल ५१ मध्ये ४७ कम्पनीहरको शेयर मूल्यमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?