काठमाडौं । नेकपा एमालेले देशका विभिन्न स्थानहरुमा आएको बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा परिचालित हुन देशभरका पार्टी पंक्तिलाई निर्देशन दिएको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै जोखिम न्यूनिकरणका लागि पार्टीका जनप्रतिनिधि, पार्टी समिति र युवा पङ्क्तिलाई निर्देशन दिएका हुन् ।
आज एक विज्ञप्ति जारी गर्दै प्रवक्ता ज्ञवालीले भनेका छन्९ ‘नेकपा ९एमाले० तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ,’।
केहिदिनदेखि आइरहेको अविरल वर्षाका बारण देशका विभिन्न जिल्लाहरुमा बाढी पहिरो र डुबानमा परी सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी ९पूर्व०, नवलपरासी ९पश्चिम०, गोरखा, लमजुङ लगायतजिल्लाहरु बढी प्रभावित भएका छन् । कतिपयको ज्यान गएको छ भने कैयौं बेपत्ता भएका छन् ।
त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया