काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएको हुन् ।
हालसम्म नेपालमा कुल ५ लाख ४३ हजार ५ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
डा. पौडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।
पछिल्ला केहिदिन यता नेपालमा परीक्षणको दर घटेसँगै संक्रमणको दर पनि घटेको छ । भने हाल नेपालमा सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया