मनाङ । मनाङमा निरन्तर परेको अविरल वर्षाका कारण विभिन्न भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।
वर्षाबाट आएको बाढीका कारण मनाङको नासुङ भन्ने ठाउँमा रहेको प्राइम कमर्सीयल बैंक र प्रभु बैंक रहेको भवन नै पहिरोले लगेको छ ।
साना साना खोलामा समेत पानीको बहाव बढेर पहिरोहरु गई सडक सञ्जालसमेत अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णु लामिछानेले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार मनाङमा मर्स्याङ्दी, घट्टे, स्याप्ती लगायतका खोलामा आएको बाढीले अवस्था कष्टकर बनेको हो ।
मंगलवार बिहानैबाट आएको वर्षाको कारण मनाङका विभिन्न क्षेत्रमा बाढी र पहिरोले जनजीवन अस्तव्यवस्थ बनेको उनले बताए । यद्यपी उनका अनुसार अहिलसम्म मानवीय क्षति भने भएको छैन ।
‘ठाउँठाउमा पहिरोहरु गएको छ । बाटोहरु अवरुद्ध भएको छ । साना साना कुलोजस्ता खोलामा पानीको बहाव बढेर अहिले बाढी आइ पहिरो गएको छ । जसको कारण नासुङ भन्ने ठाउँमा रहेका प्राइम कमर्सीयल बैंक र प्रभु बैंक रहेको भवन समेत पानीले बगाएको छ ।‘ उनले भने । ‘तर अहिलेसम्म कुनै मानवीय क्षतिको भने हामीलाई जानकारी आएको छैन ।’
त्यसैगरी अन्य प्रभावित क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया