स्याङजामा जीप दुर्घटना : एक जनाको मृत्यु, ७ जना घाइते

लोकपथ
140
Shares

काठमाडौं । स्याङजामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भिरकोट नगरपालिका-४ दर्बुङठाटीस्थित सडकमा ग १ ज ४९४० नम्बरको जीप अनियन्त्रित भइ बुधवार बिहान दुर्घटना हुँदा जिप सवार सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय गणेशजंग अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिरकोट नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जीप चालक समेत अन्य ७ जनामध्ये ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने ३ जनाको भिरकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?