आजको बजार : सुन घट्यो, चाँदी बढ्यो

लोकपथ
702
Shares

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ३ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय रहेको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ५५ रहेको थियो । आज मूल्य वृद्धि भइ प्रतितोला १ हजार ३ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?