सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीमा परी सात जना बेपत्ता भएका छन् ।
मंगलवार बिहानैबाट आएको बाढीका कारण मानवीय साथै ठूलो रुपमा भौतिक क्षति भएको आंकलन गरिएको छ ।
बाढीमा परि ७ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए ।
त्यस्तै अन्य के कति मानव क्षति भयो भन्ने पुरा विवरण आइनसकेको उनले बताएका छन् ।
सरकारले हेलिकप्टरमार्फत् उद्धार तथा राहत गर्न लागिरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया