मध्यान्तरसम्म पोर्चुगल र हंगेरी गोलरहित बराबरीमा

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत समूह ‘एफ’को खेलमा पोर्चुगल र हंगेरी बिचको खेलमा मध्यान्तर भएको छ।

पहिलो हाफ सकिँदासम्म दुवै टोलीले गोल गर्न सकेका छैनन। बलियो टोली पोर्चुगलले शुरुवाती ४५ मिनेटमा धेरै अवसरहरू सिर्जना गरेपनि गोल भने गर्न सकेको छैन।

त्यस्तै ६१,००० समर्थक माझ आफ्नो घरेलु रंगशालामा खेलिरहेको हंगेरीले पनि अहिलेसम्म उत्कृष्ट डिफेन्डिङको नमुना प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?